सहकारीमा कार्यरत कर्मचारीमाथि गोली प्रहार

वीरगञ्ज । सर्लाहीको एक सहकारीमा कार्यरत कर्मचारी माथि गोली प्रहार भएको छ । सर्लाहीको मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो ।

सो गोलीले लालबन्दी नगरपालिका-२ जुटपानी बस्ने कार्कीको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिमरा विमानस्थलबाट उनलाई काठमाडौं पठाइएको छ ।

तीन जना अपरिचित व्यक्तिहरुले मोटरसाइकलमा आएर कार्यालयमा काम गरिरहेको कार्कीलाई गोली प्रहार गरि फरार भएका थिए ।

प्रहरीले उनीहरुको खोजी जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स