काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ ।
गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृतयु भएको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रविीन्द्र धानुकले बताए । ‘त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको हो,’ उनले भने ।
सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेका थिए । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो ।