बैंकिङ कसुरका फरार प्रतिवार्दी चन्द्र बहादुर सुनार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्ला नुवाकोट, मेघाङ गा.पा. वडा नं. ३ स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६, बालाजु बस्ने ३६ वर्षिय चन्द्र बहादुर सुनारलाई पक्राउ गरेको हो ।

सुनारले प्राइम कमर्सीयल बैंकमा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको चेक दिएका थिए ।

सम्मानित उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा फैसला गर्दै निजलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा जम्मा एक दिन कैद र २४ लाख रुपैंयाँ जरिवाना हुने ठहर गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स