काठमाडौंको नागपोखरीस्थित सन्तोषी माताको मन्दिरबाट करिब १६ लाख बराबरको गरगहना चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-१ नक्साल नागपोखरीस्थित सन्तोषी माताको मन्दिर चोरी भएको छ ।

बुधबार राति मन्दिरबाट दानपेटीका, पुजारीका पैसा, सुन र चाँदीका गरगहनासहित करिब १६ लाख बराबरको गरगहना चोरी भएको हो ।

बुधबार राति १२ बजेदेखि १ बजेको आसपासमा मन्दिरमा लगाइएका चारवटा ताल्चा काटेर गरगहनासहित रुपैयाँ चोरी भएको समितिले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको समितिले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स