बच्चाको कपडाको टाँकभित्र सुन राखेर तस्करी गर्न खोज्ने व्यक्ति पक्राउ

काठमाडौं । बच्चाले लगाउने कपडाको टाँकभित्र सुन राखेर नेपाल भित्र्याउन खोज्ने एक जना पक्राउ परेका छन्।

सोमबार दुबईबाट काठमाडौं आएका सुमन दमाई नाम गरेका यात्रुको लगेज चेकजाँच गर्ने क्रममा नाबालकको पाँच वटा सिंगल पिस कपडाबाट सुन बरामद गरेको हो ।

नाबालकले लगाउने सिंगल ५ थान पोशाकमा स्टिलको टाँकभित्र लुकाइछिपाइ राखिएको ६० वटा सुनका रिङ् फेला परेको भन्सार कार्यालयले जनाएको छ । बरामद गरिएको सुनको तौल करिब १२५ ग्राम रहेको छ ।

सुमनले दिएको बयान अनुसार ‘भिजिट भिसामा दुबई गएको र काम गर्ने अवसर नपाएर नेपाल फर्कने क्रममा दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले बच्चाका लागि उपहार स्वरुप उक्त पोशाक नेपालसम्म पुर्‍याइदिन अनुरोध गरेपछि उक्त पोशाक बोकेर आएको’ भन्सार कार्यलयले बताएको छ ।

सामान्यतया एउटा धातुभित्र अर्को धातु लुकाईछिपाई ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भन्ने योजना अनुसार नै बटनभित्र सुन फिट गरी पठाइएको हुनसक्ने विभागको भनाइ छ ।

यसमा सुमनको मात्रै संलग्नता छ वा अरूको पनि छ भन्ने बुझ्ने काम भइरहेको भन्सार कार्यालयले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स