करिब १ अर्ब २ करोड मूल्य बराबरको लागूऔषध हेरोइन सहित ७ महिला पक्राउ

काठमाडौं । काठमाडौंबाट लागूऔषध हेरोइन सहित दक्षिण अफ्रिकाबाट आएका ७ जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंलाई ट्रान्जिट बनाएर भारत लान खोजिएको ५१ किलो हेरोइन प्रहरीले एक साता लामो अपरेशन चलाएर बरामद गर्न सफल भएको हो ।

ब्युरोले गएको जेठ २६ देखि ३१ गतेसम्म एक साताको अवधिमा ५१ किलो हेरोइन बरामद गरेको हो ।

बरामदमध्ये ४९ किलो सेतो हेरोइन र २ किलो खैरो हेरोइन रहेको विधि विज्ञान प्रयोगशालामा गरेको परीक्षणबाट पुष्टि भएको छ ।

उनीहरुबाट बरामद खैरो हिरोइनको अवैध बजार मूल्य १ अर्ब २ करोड रहेको ब्यूरोले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरू विभिन्न मितिमा फ्लाई दुबईको विमानबाट नेपाल आएको खुलेको छ ।

प्रहरीले सो गिरोह नियन्त्रणमा लिन त्रिभुवन विमानस्थल र ठमेल क्षेत्रमा सक्रियता बढाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स