त्रिभुवन विमानस्थलबाट सात करोड मूल्य बराबरको कोकिन बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई विदेशी महिलालाई पक्राउ गरेको छ ।

उनीहरुलाई सात किलोभन्दा बढी कोकिनसहित विमानस्थलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीया लाल्नुपुई र जाम्बियाकी ३५ वर्षीया कपुटुला अविर्साग रहेका छन् ।

कतार एयलाइन्सको विमानबाट काठमाडौं अवतरण गर्ने क्रममा कपुटुलालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आज सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले जनाएको छ ।

बरामद भएको कोकिनको बजार मूल्य सात करोड नेपाली रुपैयाँ रहेको प्रहरी अधिकारीले बताएका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स