साढे ६६ करोड बढी क्रिप्टोकरेन्सी कारोबार गर्ने ३ जना पक्राउ

काठमाडौं । क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई विशेष सूचनाको आधारमा काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकी क्षेत्रबाट पक्राउ गरेको हो ।

उनीहरुले हालसम्म ६६ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा झापा विर्तामोड घर भर्इ काठमाडौं बस्दै आएका २२ वर्षीय अनुप मिश्र, काभ्रे घर भर्इ क्षेत्रपाटी बस्ने दिपेश थापा र बाफलका राहुल चचान छन् ।

 

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स