काठमाडौंको बौद्धबाट अनलाइन बिंगो खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अनलाइन बिंगो खेल्ने १६ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-६ प्लटिङस्थित एक खाजा घरमा अनलाइन बिंगो खेल्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-१ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने २५ वर्षीय पासाङ शेर्पालगायत १६ जनालाई आइतबार साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उक्त खाजा घरमा अनलाइन बिंगो खेल खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई ७४ हजार १५० सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुसँग प्रहरीले एक हजार ५०० थान बिंगो टिकट र दुई थान स्पिकरसमेत बरामद गरेको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स