आँखामा खुर्सानीको धुलो छर्किएर सुन तथा नगद लुटपाट

काठमाडौं । काठमाडौंमा आँखामा खुर्सानीको धुलो छर्किएर सुन तथा नगद लुटपाट गरिएको छ ।

गत फागुन २५ गते राति चाबहिलस्थित ओम शाही टञ्‍च सेन्टर सुन पसलका व्यापारीलाई आँखामा खुर्सानीको धुलो छर्किएर सुन तथा नगद लुटपाट गरिएको हो ।

अपराधमा संलग्न रहेका दाङ सौडियार गाउँपालिका–६ घर भई काठमाडौं शान्तिनगर बस्दै आएका २८ वर्षीय महेश विश्वकर्मा र दाङ घोराही उपमहानगरपालिका–८ का २४ वर्षीय राजेन्द्र सिनलाई प्रहरीले पक्राउ गरेको छ ।

पसल बन्द गरेर ४२ तोला सुन तथा नगद बाह्र लाख लिई घर फर्किने क्रममा योजनाबद्ध तवरले आँखामा खुर्सानीको धुलो छर्की, कुटपिट गरी निजको साथमा रहेको सुन तथा नगदसहितको झोला डकैती गरेको खुलेको प्रहरीले जनाएको छ ।

उनीहरूविरुद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२० अन्तर्गत ‘डाँका गर्न नहुने’ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको सोमबार प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स