भक्तपुरबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ

काठमाडौं । भक्तपुरको सानोठिमीबाट प्रहरीले चिनियाँ नागरिकसहित ८१ जनालाई पक्राउ गरेको छ ।

भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुले सानोठिमीमा ३ तले घर भाडामा लिएर ‘कल सेन्टर’ संचालन गरेको खुलेको छ ।

कल सेन्टरमार्फत मिटर ब्याजमा भारतीय नागरिकलाई लगानी गरेको खुलेको छ ।

प्रहरीले कल सेन्टरबाट ४८ वटा ल्यापटप र १४ वटा कम्प्यूटर डेस्कटप बरामद गरेको छ ।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स