कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ३७ वर्षपछि पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

काठमाडौं गोदावरी न.पा. वडा नं. १० बस्ने फरार प्रतिवादी सुन बहादुर तामाङलाई ३७ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ललितपुर जिल्लाको चापागाउँको सल्यानगाँउ बस्ने घटेरो कान्छो भन्ने गणेश बहादुर नगरकोटीलाई २०४१ चैत्र १२ गते राति कुटपिट गरी हत्या गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दामा ललितपुर जिल्ला अदालतबाट २०४४ जेठ ५ गते साविक मुलुकी ऐन, अदालती बन्दोबस्तको महल १९० नं. बमोजिम मुद्दा मुल्तवीमा रहने गरी फैसला भएको थियो ।

ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले तामाङलाई आज पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स