साढे २२ करोड ठगी गर्ने साइनिङ स्टार सेभिङका लेखा समिती संयोजक पक्राउ

काठमाडौं । कालिमाटीस्थित साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका लेखा/समिती संयोजक पंचमान महर्जन पक्राउ परेका छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिचालित टोलीले बिहीबार स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनलाई सहकारीको २२ करोड ६४ लाख ९४ हजार रुपैयाँ ठगेको आरोप छ ।

निक्षेपकर्तालाई रकम फिर्ता नदिएर तोकिएको प्रयोजन बाहेकको व्यापारिक कारोबार र आफन्तका नाममा जग्गा किनेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले ०७३ असारमा ६ महिना कैद सजाय तोकेको थियो ।

अदालतले उनलाई ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स