काठमाडौं । दुबईबाट सुन मलद्धारमा लुकाएर ल्याउने एक जना व्यक्ति पक्राउ परेका छन् ।
उनले एक किलो बराबरको सुन मलद्धारमा लुकाएर ल्याएको अवस्थामा पक्राउ परेका हुन् ।
सो सुन शौचालयमा दिसा गराएर निकालिएको प्रहरीले जनाएको छ ।
उनलाई एयर अरेबियाको जहाजबाट बुधबार नेपाल आएको सूचनाको आधारमा पक्राउ गरिएको थियो ।