१० लाख नेपालीले अनलाइन जुवा खेल्छन्

काठमाडौं । १० लाख नेपालीले अनलाइनबाट जुवा खेल्ने डलर अपचलनको आरोपमा पक्राउ परेका कैलालीका दिनेश खड्काले दावी गरेका छन् । खड्काले १० लाख नेपालीले अनलाइन जुवा खेल्ने गरेको राजस्व अनुसन्धान विभागलाई बयान दिएका हुन् ।

राजस्व अनुसन्धान विभागले डलर अपचलनको आरोपमा पुस ११ गते काठमाडौंको कालोपुलबाट पक्राउ गरेको खड्का विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।

विभागले लिएको बयानमा खड्काले १० लाख नेपाली अनलाइन जुवामा संलग्न रहेको दावी गरेका हुन् । खड्काले अनलाइन जुवा खेल्नेका लागि आवश्यक डलर सटहीमा सहजीकरण गर्न आफ्नो बैंक एकाउण्ट भाडामा प्रयोग गरेको बयान दिएको विभागका एक अधिकारीले जानकारी दिए ।

खड्काले ‘फ्रिलान्सिङ’ नामको म्यासेन्जर ग्रुपमार्फत जुवाको कारोबार गर्ने गरेको पनि बयान दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स