अवैध रुपमा विदेशी मुद्दा कारोबार गर्ने चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । राजश्व अनुसन्धान विभागले अवैध रुपमा विदेशी मुद्दा कारोबार गरेको आरोपमा चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले क्रिप्टोकरेन्सीको मोबाइल एप्स इ-स्क्रिल र बियान्कामार्फत अवैध कारोबार गरेको आरोपमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ सम्बन्धी मुद्दा अदालतमा दायर गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका-१० घर भई काठमाडौंको कालोपुल गुरूङटोल बस्ने दिनेश खड्का, उनकी दिदी भगवती, बुवा नरबहादुर र दिनेशकी साथी अनिता धिताल रहेका छन् ।

प्रहरीको अनुसन्धानमार्फत उनीहरुले इ(स्क्रिल र बियान्कामार्फत कुल ३७ करोड ७४ लाख ११ हजार १६६ रुपैयाँ कारोबार गरेको पाइएको छ ।

दिनेशको ग्लोबल बैंकको खाताबाट ९ करोड ७९ लाख ९८ हजार ५८१ रुपैयाँ, अनिताको लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख ६ हजार ८२६ रुपैयाँ, भगवतीको एनआइसी एशिया बैंकबाट २० करोड ४२ लाख ९४ हजार ५२६ रुपैयाँ र नरबहादुरको ग्लोबल आइएमई बैंकबाट एक करोड ६४ लाख ११ हजार १६६ रुपैयाँको कारोबार गरेको पाइएको हो ।

विभागले उनीहरुको बिगो जफत गरी तीन वर्षसम्मको कैद सजायको मागदाबी लिएको छ ।

नेपाल राष्ट्र बैंकले ‘क्रिप्टोकरेन्सी’ अवैध रहेको जनाउँदै यसको कारोबार गर्नेलाई कारबाहीको चेतावनी दिँदै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स