काठमाडौंको चन्द्रागिरिबाट कैद र ५० लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा रु ५० लाख जरिवाना र १५ दिन कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरेको छ ।

अर्घाखाँची घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ बस्ने ३५ वर्षीय काशीराम भुसाललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले जनाएको छ ।

मौज्दात रकम नभएको आफ्नो खाताबाट पीडितलाई चेक दिएको घटनामा उच्च अदालत पाटनले बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी १५ दिन कैद र रु ५० लाख जरिवाना हुने फैसला सुनाएको थियो । त्यसपछि फरार रहेका भुसाललाई फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि ब्यूरोबाट परिचालित टोलीले आज पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स