काठमाडौं । गएराति ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति चोरी भएको छ ।
करिब दुई फिट अग्लो पित्तलबाट बनेको मूर्ति गएराति चोरी भएको हो ।
मूर्ति चोरी भएको जानकारी पाएलगत्तै खोजीकार्य जारी राखिएको ललितपुर प्रहरीले जनाएको छ ।
चोरले मन्दिरको सबै ताला फोडेर मूर्ति चोरेको प्रहरीले जनाएको छ ।
मन्दिरका पुजारी बिहान पूजा गर्न जाँदा मूर्ति नदेखेपछि चोरी भएको खबर स्थानीयबासी र प्रहरीलाई गरेका थिए ।