अर्जुन दासको हत्या गरेको दाबी गरेको अडियो लिक मृतकको श्रीमतीलाई पठाउने व्यक्ति पक्राउ

काठमाडौं । कैलालीको जानकी गाउँपालिका-९ का २५ वर्षीय अर्जुन दासको हत्या गरेको दाबी गरेको अडियो लिक मृतकको श्रीमतीलाई पठाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
हत्याको घटनापछि स्थानीय मनोज भण्डारीले पठाएको फोन संवादको अडियो मृतकको श्रीमती धर्मादेवी दासको फेसबुक म्यासेन्जरमा पठाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिबाट अनुसन्धान सुरु गरिएको र घटनामा संलग्न सबैको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

गत शनिबार स्थानीय जंगलमा शरीरबाट टाउको अलग पारिएको अवस्थामा अर्जुनको शव फेला परेको थियो ।

दासको हत्या भएको अडियो फेसबुक म्यासेन्जरमा आएपछि अर्जुनकी श्रीमती धर्मादेवी शनिबार बिहान घटनाबारे जानकारी गराउन प्रहरी चौकी अमरावती पुुगेकी थिइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स