सीडी रेसियो तीन चरणमा कार्यान्वयन गर्नुपर्छः भुवन दाहाल

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सीडी रेसियो तीन चरणमा कार्यान्वयन गर्नु पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको मौद्रिक नीति कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले भने ‘ पहिलो चरण पुससम्मा ९२ प्रतिशत, दोश्रो चैतमा ९१ प्रतिशत र असारमा ९० प्रतिशत कायम गर्दा हुने व्यवस्था गर्न सहज हुन्छ । कार्यक्रममा उनले ‘सीडी रेसियो कार्यान्वयनको मोडल संसोधन गर्न माग गरे ।

पछिल्लो समय बैंकको नाफा घट्दै गएको बताए । अहिले नै नाफा घट्दा बैंक सञ्चालन गर्न गाह्रो नभए पनि पछि भने समस्या आउन सक्ने उनले बताए । लगानी अनुरुप बैंकहरुको नाफा निरन्तर घटिरहेकाले गरेका उनले गुनासो गरे । सेयर धितोकर्जामा लागेको क्यापले सेयर बजारबाट हुने आम्दानी पनि घट्ने बताए । ‘अहिले १० अर्ब लगानी गर्दा २/४ करोडमात्रै आम्दानी हुन्छ,’ उनले थपे ‘बैंकले दिने रिर्टन थ्रेस होल्डभन्दा तल झरेको छ ।’

बैंकहरुले निक्षेपकर्ता र ऋणीलाई नै फाइदा हुने गरि काम गरेको तर निक्षेपकर्ता भन्दा ऋणीहरुले धेरै लाभ दिएको बताए । उनले केहि क्षेत्र बाहेकका उद्यम व्यवसाय पुनःरुत्थान हुँदै गएकाले आधार ब्याजदरमा ३ प्रतिशत भन्दा बढी प्रिमियम लिन नपाउने व्यवस्था हटाउँदा बैंकहरुको हित हुने पनि बताए ।

सेयर कारोबारमा राष्ट्र बैंकले अघि सारेको सीमाका कारण बैंकहरुको नाफा अझै घट्ने बताए । ‘यसपाली बैंकहरुले सेयर बजारबाट अलि बढी नाफा देखिएको हो । सेयर कारोबारबाट पाएको नाफालाई हटाउने हो भने बैंकहरुले नाफा थोरै छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स