राष्ट्रिय वाणिज्य बैंकले ५ लाख रुपैयाँसम्म सेवा लिन सकिने क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५ लाख रुपैयाँसम्मको सेवा लिन सकिने क्रेडिट कार्डको सुरुवात गरेको छ । बैंकले आफ्ना ग्राहकवर्गको बदलिँदो चाहनालाई सम्बोधन गर्न उक्त कार्ड सञ्चालनमा ल्याएको हो ।

बैंकले नगद कारोबारमा रहेको जोखिमलाई न्यूनीकरण गर्न मंगलबारदेखि क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बताए । बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष रामशरण पुडासैनीले ग्राहकको चाहना अनुसार नयाँ–नयाँ बैंकिङ प्रोडक्टको अनुसन्धान गर्नुपर्ने बताए । यस्तो सेवाले ग्राहकवर्गको आर्थिक कारोबारमा सहजता हुने बैंकले विश्वास लिएको छ ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भ पछि पूर्ण डिजिटल बैंकिङ तर्फ बैंक अगाडि बढिरहेकोे बताए । ‘नेपाल, भारत र भुटानमा चल्ने यो सेवा बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिनेछ,’ उनले भने ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठले बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक हुन पाउँदा खुसी लागेको बताए । बैंकको व्यवसाय विस्तारको लागि शुभकामना व्यक्त गरेका छन् ।

समारोहमा उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले प्रतिस्पर्धी बजारमा सस्तो ब्याजदरमा दिइने क्रेडिट कार्ड ग्राहकको आयस्रोत एवं भुक्तानी क्षमताको आधारमा ग्राहकलाई २० हजारदेखि ५ लाख रुपैंयासम्मको क्रेडिट सेवा उपलब्ध गराएको बताए ।

डिजिटल बैंकिङ विभागका प्रमुख ऋषिराम ढकालले क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ, तोकिएको सीमा भित्र रहेर नगद समेत झिक्न मिल्ने सुविधा रहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स