नेपाली बजारमा ५० हजार यूनिट बिक्यो टीभीएस एनटर्क स्कुटर

काठमाडौं । टीभीएस एनटर्क १२५ स्कुटर नेपालमा ५० यूनिट बिक्री भएको छ । नेपालका टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालमा उक्त यूनिट बिक्री भएको प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको हो । सन् २०१८ मा टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा बिक्री शुरु गरिएको थियो । तीन वर्षको अवधिमा एनर्टकले ५० हजार यूनिट बिक्रीको माइलस्टोन पुरा गरेको हो

इन्टरनेशनल बिजिनेश टीभीएस मोटर कम्पनीका प्रेसिडेन्ट आर दिलिपले भने, ‘स्मार्ट स्कुटर टीभीएस एनटर्क १२५ ले नेपाली बजारमा ५० हजार यूनिट बिक्रीको लक्ष्य हासिल गरेकोमा हामी अत्यन्तै खुसी छौं । हामी नेपालका हाम्रा ग्राहकहरु प्रति हार्दिक आभारी छौं । सुधारिएको पूर्वाधार, बहुउपयोगी सवारी साधनहरुको आवश्यकता र सुरक्षित व्यक्तिगत गतिशीलताको लागि बढ्दो मागको कारण स्कुटर नेपालमा एक लोकप्रिय छनोट बन्न सफल भएको छ ।’

जगदम्बा मोटरको प्रबन्ध निर्देश शहिल अग्रवालले भने, ‘नेपालका ग्राहकहरु प्रिमियम गतिशीलता समाधानमा विश्वास राख्दछन् । जुन बलियो गुणस्तरको हुन्छ । देशको विभिन्न भूभागको लागि उपयुक्त हुन्छ । यी आवश्यकताहरूलाई पूरा गरेर, टीभीएस एनटर्क १२५ छोटो समयमै नेपालीको विश्वास जित्न सफल भएको छ ।

हामी टीभीस एनटर्क १२५का ग्राहकहरुको लागि एक किसिमको छुट्टै अनुभव बनाउनको लागि टीभीएस मोटर कम्पनीलाई समर्थन जारी राख्ने छौं ।’ टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर हो । यो उद्योगको पहिलो प्रविधि, अतुलनीय शैली र उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ ।

स्कुटरले टीभीएस रेसिङ पेडिग्रीद्वारा समर्थित उत्कृष्ट प्रदर्शनको गर्व गर्दछ र स्मार्टकनेक्टलाई प्रस्तुत गर्दछ । जुन एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी र अन्य टीभीएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गर्दछ ।

स्मार्ट कनेक्टलेफुल्ली डिजिटल स्पिडोमिटर, नेभिगेशन एसिस्ट, टप स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर, फोन ब्याट्री स्टे«न्थडिस्प्ले, लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र स्ट्रिट र स्पोर्टलगायतका मल्टि राइड स्टाटिस्टिक मोडलगायत सुविधाहरूलाई समेटेको छ ।

टीभीएस एनटर्क १२५ ५ भेरियन्ट भेरियन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन (बीएस–६ एफआई) र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ । यो म्याट रेड, मेटािलक ग्रे, मेटलिक रेड, मेटलिक निलोको रंगमा आउँदछ । रेस एडिसन (बीएस–६ सहित) रातो–कालो र पहेँलो–कालो रंगमा उपलब्ध छ । सुपरस्क्वाड एडिसन कम्ब्याट ब्लु,इन्भिन्सिबल रेडे र स्तिल्थ ब्ल्याक रंगमा उपलब्ध छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स