धनुषामा खुल्यो जैविक मल उद्योग, सरकारले आवश्यक अनुदान दिए प्रतिकेजी ८ रुपैयाँमा मल वितरण गर्ने

काठमाडौं । आरोह फर्टिलाइजर्सले धनुषामा रासायनिक मलको विकल्पमा जैविक मल उत्पादन सुरु गरेको छ । आरोह फर्टिलाइजरका अध्यक्ष शैलेन्द्र शमशेर राणाले यो फाइजर, अल्टो नोड केयर, बायो पोटास, बायो एनपीके, बायो पीएसबी र जेडएन बुस्ट तरल मल उत्पादन सुरु भएको जानकारी दिए । उनले भने सरकारले अनुदान दिए प्रतिकिलो ८ रुपैयाँमा नै मल किसानसम्म पुर्‍याउने लक्ष्य रहेको छ।

आरोह फर्टिलाईजर्स अध्यक्ष राणाले फर्टिलाईजर्स मलमा नेपाल सरकारले आवश्यक अनुदान दिए प्रतिकेजी ८ रुपैयाँ मल बिक्री गर्ने बताए । उनले शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । कम्पनीले ६ प्रकारका तरल, ४ प्रकारका दानादार तथा पाउडर र दुई प्रकारका किटनाक मल उत्पादन सुरु गरेको जानकारी दिएको छ ।

अध्यक्ष राणाले भने ‘बायो अर्गानिक, पीआरओएस, पोटास र कम्पोस्ट जस्ता दानादार तथा पाउडर तथा बायोभिरया र ट्रिको केयर किटनाशक मल पनि उत्पादन गरिरहेको छ।’

कम्पनीले कुल २८ करोड लागतमा धनुषाामा साढे तीन बिघा जमिनमा मल उत्पादन सुरु गरेको हो । रासायनिक मलले माटोको उर्वर शक्ति घटाएको भन्दै उनले यस जैविक मलले भने उर्वर शक्ति बढाउने र माटोको गुमेको गुणस्तरलाई पनि सुधार गर्ने बताएका छन् । प्राकृतिक वस्तुबाट मल तयार गरिने हुँदा यसले कुनै हानी नगर्ने उनको भनाइ थियो ।

सस्तोलाई भन्दा गुणस्तरीय उत्पादनलाई जोड दिनुपर्छ : डा योगेन्द्र कार्की

आरोह फर्टिलाईजर्स प्रालिका प्रमुख सल्लाहकार डा योगेन्द्र कार्कीले सस्तोलाई भन्दा गुणस्तरलाई जोड दिनुपर्ने बताएका छन् । डा कार्कीले कुन उद्योग पहिले स्थापना भएको हो ? भन्ने कुरालाई भन्दा कुन उद्योगले गुणस्तर उत्पादन वितरण गर्छ ? भन्ने कुरालाई बढी मान्यता दिनुपर्ने बताए । जैविक मल उत्पादन गर्ने कारखाना तथा उद्योगहरुलाई आफूले निशुल्क सल्लाह तथा सुझाव दिदैँ आएको बताउँदै बायो फर्टिलाईजर्स मल गुणिस्तरयुक्त रहेको बताए ।

आरोह फर्टिलाईजर्स नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमति र उद्योग विभागको स्वीकृति अनुसार नेपालको पहिलो बायो अर्गानिक (जैविक) मल उद्योग रहेको उनले दावी गरे ।

यो मल वातावरण मैत्री, माटोको उर्बराशक्ति बढाउने प्रकृतिको रहेको जानकारी दिदैँ कार्कीले यस आरोह फर्टिलाइजर्स प्रालिले आरोह बायो (जैविक) तरल मल, दानेदार, पाउडर मल उत्पादन गर्दै आएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स