आरोह फर्टिलाइजर्स प्रालिले सार्वजनिक गर्यो तीन किसिमको मल

काठमाडौं । आरोह फर्टिलाइजर्स प्रालिर्ले तीन किसिमको मल सार्वजनिक गरेको छ । आज एक कार्यक्रमम आयोजना गर्दै मल सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको मलमा आरोह बायो (जैविक) तरल मल आरोह यजो फाइबर प्लस रहेको छ ।
यसमा आरोह आटो नोड केयर,आरोह वायो पोटास आरोह बायो एनपी के आरोह बायो पीएसबि र आरोह जेडएन बुस्ट समावेश रहेको छ ।
दोस्रो प्रकारको मलमा आरोह बायो (जैविक) दानेदार र पाउडर मलहरु आरोह बायो अर्गानिक फर्टिलाइजर रहेको छ ।
आज सार्वजनिक भएको तेस्रो मलमा आरोह बायो (जैविक) किटनाशकहरुरहेको छ । जसमा आरोह बायोभीरिया,आरोह बायो पीआरओएम, आरोह बायो पोटास, आरोह बायो कम्पोस्ट, आरोह ट्रिको केयर रहेको कम्पनीले जनाएको छ ।

आधुनिक प्रविधिबाट नेपालको माटो र हावापानीलाई सुहाउदो किमिमको बायो अर्गानिक (जैविक) मल उत्पादन गर्ने एक कोसिसको शुरुवात यस आरोह फर्टिलाइजर्स प्रालि ले गरेको बताएको छ ।
नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमति र उद्योग विभागको स्वीकृति अनुसार नेपालको पहिलो बायो अर्गानिक (जैविक) मल उद्योग स्थापना हुन् । सफल भएको छ । हरियो नेपाल तर्फ एक पाइला भन्ने नाराको अवधारणाको अनुसार यो मल वातावरण मैत्री, माटोको उर्वराशक्ति बढाउने प्रकृतिको रहेको छ । हिमाल, पहाड तराई र मदेशको माटोमा परिक्षण पश्यात कृषकको लागि उपयुक्त रहेको प्रमाणित हुदै नेपाली बजारमा पहिलो पटक यो मल बजार आउन लगेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स