कृषि क्षेत्रको व्यापक सुधारको लागि एकीकृत अनुदान प्रणाली लागू गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि कृषि क्षेत्रलाई व्यापक सुधार गर्नेे योजना बनाएको छ । कृषिको सुधारको लागि अनुदान व्यवस्थासहित एकीकृत प्रणाली लागू गर्ने पनि राष्ट्रपति रामचन्द्र पौडेलले बताएका हुन् ।
सरकारले नीति तथा कार्यक्रममार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरेर आत्मनिर्भर बन्ने लक्ष्यसहित कृषि क्षेत्रको व्यापक सुधारको घोषणा गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम घोषणा गर्दै तीनै तहका सरकारको सामूहिक प्रयासमा कृषि खेतीलाई प्रोत्साहन गर्ने, उत्पादित वस्तुको बजारीकरण गर्ने लगायतका योजना अघि बढाउने बताए । अनुदानलाई व्यवस्थित गर्न एकीकृत प्रणालीको लागू गर्ने योजनासमेत सरकारको रहेको छ ।

कृषि अनुसन्धान नीति तर्जुमा गर्दै गुणस्तरीय बिउ बिजनमा देशलाई क्रमशः आत्मनिर्भर बनाउने योजना समेत सरकारले बनाएको छ । पशुपन्छीजन्य जैविक विविधता संरक्षणमा स्थानीय तहसँगै सिंगो समुदायलाई संलग्न गराइने तथा स्वदेशमा नै हाइब्रिड बिउको उत्पादनलाई प्राथमिक्तामा राख्ने राष्ट्रपति पौडेलले घोषणा गरे ।

यस्तै, बाली पूर्व नै समर्थन मूल्य तोक्ने तथा कृषि बजारको दायरा विस्तार गर्ने योजना समेत सरकारको रहेको छ । यस्तै, कृषि कार्यक्रमलाई पुनःरावलोकन गर्ने तथा कृषि, पशुपन्छी तथा खाद्यसम्बन्धी प्रयोगशालालाई स्तरोन्ती गर्ने राष्ट्रपतिले घोषणा गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स