पोखरा महानगरद्वारा कृषि एम्बुलेन्स सञ्चालन

काठमाडौं । पोखरा महानगरपालिकाले आजबाट पोखरामा कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । महानगरको कृषि तथा पशुपन्छी महाशाखाले आयोजना गरेको कृषिउपज बजारस्थल बिरौटामा आयोजित विशेष कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले उक्त एम्बुलेन्सको शुभारम्भ ग रेका हुन् ।

उनले विभिन्न वडामा उत्पादन भएका कृषि उपजलाई सुरक्षित तवरले बजार र उपभोक्तासम्म पु¥याउन एम्बुलेन्स सञ्चालन गरेको जानकारी दिए । यसले कृषकका उत्पादनले सही समयमा बजारसम्म पहुँचको अवस्था सिर्जना हुने उनले बताए। कृषकलाई आत्मनिर्भर बनाउन उनीहरुद्वारा उत्पादित बजारको सरल र सहज पहुँचको आवश्यता रहेको जनाउँदै महानगरले कृषकमैत्री कार्यक्रममा जोड दिएको उनको भनाइ थियो ।

महानगरका कृषि तथा पशुपन्छी महाशाखा प्रमुख मनोज कडरियाले एम्बुलेन्स सञ्चालनसँगै अब उत्पादनले सही समयमै बजार पाउने र उपभोक्ता र कृषक दुवैले लाभ लिन पाउने बताए। उनका अनुसार कार्यक्रममा कृषकले आफ्नो वडाको वा पायक पर्ने कृषिउपज सङ्कलन केन्द्रमा सम्पर्क गरी उक्त सेवा लिन सक्नेछन् ।

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले एम्बुलेन्सले वडाका सङ्कलन केन्द्रबाट रेफ्रिजरेटरसहितको एम्बुलेन्सले सङ्कलन गर्ने गरी फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजना (कोइका) सँगको सहकार्यमा पोखरा महानगर पालिकाले सञ्चालन गर्ने जानकारी दिए।

कार्यक्रममा पोखरा महानगरका आर्थिक प्रशासन प्रमुख बोधराज कार्की, महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनालगायतले कृषि एम्बुलेन्सले महानगरका कृषक र उपभोक्ता दुवै लाभान्वित हुने र तरकारी तथा फलफूलको आयातलाई कम गर्न सघाउ पु¥याउने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स