रैथाने बाली खरिद गर्न सम्झौता

काठमाडौं । हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लासँग रैथाने बाली खरिदका लागि सम्झौता गरेको छ ।

सम्झौतामा गाउँपालिकाले खरिद गरेर शाखालाई उपलब्ध गराउनुपर्ने परिमाण र बालीको प्रकार खुलाउनुपर्ने उल्लेख छ । सम्झौतामा लिमिटेडको तर्फबाट शाखा प्रमुख कृष्णप्रसाद अधिकारी र अदानचुली गाउँपालिकाको तर्फबाट वडा नम्बर ५ का अध्यक्ष कमल छत्यालले हस्ताक्षर गरे । अदानचुलीबाट लिमिटेडले छ प्रकारका रैथाने बाली खरिद गर्न सम्झौता गरेको हो ।

पहिलो चरणमा एक सय क्विन्टल सिमी प्रतिकिलो एक सय ४० रूपैंयाँ, मास ३० क्विन्टल प्रतिकिलो एक सय ६० रूपैंया तथा फापर, कोदो, चिना र कागुनो बीस क्विन्टल खरिद गर्न सम्झौता भएको छ । चिनो र कागुनो प्रतिकिलो ६५ रूपैंया, फापर ९० रूपैंया र कोदो प्रतिकिलो ६० रूपैंयामा खरिद गर्न सम्झौता भएको छ । पहिलो चरणमा एक सय ५० क्विन्टल रैथाने बाली खरिदको सम्झौता भएको शाखा प्रमुख अधिकारीले बताए । बालीको प्याकेजिङ गाउँपालिकाले तथा काठमाडौँसम्मको ढुवानी लिमिटेडले गर्नेछ ।

शाखाले यसअघि सिमकोट गाउँपालिकासँग चार किसिमका रैथाने बाली खरिदका लागि सम्झौता गरेको थियो । सिमकोटबाट सुर्खेतसम्म ढुवानी गरेको खाद्यान्नको हवाई ढुवानी भाडा प्रतिकिलो ४५ रूपैंयाँ तिर्नुपर्छ । अदानचुली सडक सञ्जालसित जोडिएकाले प्रतिकिलो १२ रूपैंयाँमा ढुवानी भाडा तिर्नुपर्ने छ । रैथाने बालीको प्रवद्र्धन र बजारीकरण गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्न लागेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स