पशुपालनबाट आर्थिकरुपमा सक्षम बन्दै महिला

काठमाडौं । व्यवसाय सानो होस् या ठूलो, हरेक क्षेत्रमा पुरुषकै वर्चस्व छ । महिलाकै भरमा व्यवसाय धानिए पनि समाजमा पुरुषले नै नाम कमाउने चलन अझै कायमै छ । पछिल्ला समयमा भने महिला सशक्तिकरण, चेतनाको स्तर विकास हँुदै गर्दा महिला आफैँ स्वावलम्बी बन्न विभिन्न व्यवसायमा संलग्न बनेका छन् । आफ्नै नाममा व्यवसाय दर्ता गरेर आर्थिक क्षेत्रमा पाल्पाका महिला अब्बल बन्दै गएका छन् ।

रामपुर सिर्जनशील पशुपक्षी तथा कृषि फार्मका सञ्चालक सिर्जना पौडेलले समाजमा पशुपालन गरेर उदाहरणीय महिलाका रुपमा कहलिनुभएको छ । उनको व्यावसाय यस क्षेत्रकै नमुना र अवलोकनयोग्य बनेको छ । कालीगण्डकी करिडोरको आडैमा रहेको उहाँको व्यवसाय अवलोकन गर्न र व्यवसायसम्बन्धी जानकारी लिन कृषक पुग्ने गर्दछन् । सामाजिक सङ्घसंस्थामा सक्रिय उहाँ पशुपालनबाटै आफू आत्मनिर्भर बन्दै गएको बताए ।

रामपुर नगरपालिका–५ सानीअमराईकी पौडेलले बेझाड बजारमा करिब एक दशक फेन्सी पसल सञ्चालन गरेृ । फेन्सी पसलबाट राम्रै आम्दानी गरेकी उनले सो व्यवसायलाई घरमै सारेर पशुपालनलाई सँगै अगाडि बढाए पशुपालनबाट आफू सन्तुष्ट रहेको पौडेल बताउनुहुन्छ । उनले गाउँका अन्य महिलालाई पनि पशुपालनमा लाग्न सल्लाह दिने गरेकी छिन् । ।

पुरुषको तुलनामा महिलाको जिम्मेवारी धेरै छ, हिम्मत र साहस गरियो भने पुरुषभन्दा महिला कुनै पनि क्षेत्रमा कमजोर छैनन्,’ उनले भने ‘अरूको भरमा रहेका महिला सधैँ पछाडि परिरहेका छन्, आयआर्जनमूलक व्यवसायमा लागियो भने कसैमाथि निर्भर रहनु पदैन्, आर्थिकरुपमा बलियो भएपछि घरपरिवार, समाजबाट सम्मानजनक व्यवहार पाइन्छ ।’

उनको फार्ममा हाल सातवटा भैँसी र तीनवटा गाई छन् । अहिले छ भैँसी र एक दुहुना गाईबाट दैनिक ३५ लिटर दूध बजारमा बिक्री गर्नुहुन्छ । यहाँको बजारमा भैँसीको प्रतिलिटर ८५ र गाईको ६५ दूधको मूल्य रहेको छ । पशुपालनबाट उनले मासिक ६० देखि ७० हजारसम्म आम्दानी गर्दै आएकी छिन् ।

एक भैँसीलाई एक लाख ७० हजार मूल्यमा खरिद मूल्य परेको पौडेलले बताए । उन्नत जातका पशुपालनबाट राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । भैँसी खरिद र संरचना निर्माणमा करिब २० लाखभन्दा बढीको लगानी परेको छ । आफ्नै जग्गा प्रशस्त रहेको हुँदा घाँसपातमा सहज भएको उनले बताए ।

घरायसी कामधन्दा, छोराछोरीको स्याहारसुसारले महिला घरबाट बाहिर निस्कन पाउँदैनन् । महिलापुरुष समान भन्ने गरिए पनि घरभित्रको जिम्मेवारी महिलाकै काँधमा हुन्छ । घरायसी कामधन्दाका अलवा हिम्मत र साहस गरियो भने महिलाले विभिन्न व्यावसाय, उद्यम गरेर समाजमा आर्थिक क्षेत्रमा बलियो बन्न सक्ने उनको अनुभव छ ।

mmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm    nnnnnnnnnnnnnnnn‘घरमै परिवारको साथमा बसेर पशुपालनबाट दैनिक आम्दानीको दरिलो स्रोत बनेको छ, बजारको सहज हुँदा दूध बिक्री गर्न समस्या छैन, दिनहुँ हातमा दाम परिरहन्छ, आफ्नै जग्गामा व्यवसाय चलाउँदा भाडा तिर्ने पैसा बचत गर्न पाइयो,’ उनले भने ।

उनले बलियो र व्यवस्थित संरचना तयार पारेकी छिन् । पहिला घरमा एक दुईवटा पशुपालनको अनुभव लिनुभएकी उनले व्यावसायिक रुपमा पाल्न थालेपछि दाम मात्र नभई समाजमा उद्यमी महिलाका रुपमा पहिचान दिन सफल भएको बताए । रामपुर क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध उनको दैनिकी पशुपालन, फेन्सी पसल सञ्चालनसहित सामाजिक काममा बित्ने गरेको छ ।

व्यवसाय, घरायसी काम, सामाजिक क्षेत्रको कामले उहाँको दैनिकी हिजोआज व्यस्त बनेको छ । सानैदेखि नै हरेक काममा निडर र साहस राख्ने पौडेलको व्यवसाय लोभलाग्दो छ । आफ्नो कमाईमा आफैँ रमाउन पाउँदा आनन्दानुभूति लाग्ने गरेको उनले अनुभव सुनाए ।

रामपुर–६ बस्ने दीपा पँगेनीले डेढ वर्षअघि देखि पशुपालन व्यवसाय सुरु गरेका छन । सक्षम संकल्प पशु तथा कृषि फार्म दर्ता गरेर व्यावसायिक रुपमा अगाडि बढेका छन् । उनको फार्ममा हाल नौवटा उन्नत जातका भँैसी छन् । फार्ममा रहेका छ वटा दुहुना भैँसीबाट अहिले दैनिक ४० लिटर दुध उत्पादन गरी बिक्री गरिरहेका छन् ।

‘आफ्नै नाममा व्यावसाय हुँदा छुट्टै आनन्द लाग्दो रहेछ, व्यवसायमा जोस जाँगर थपिने, सामान्य खर्चलाई अरूको भर पर्नु परेन, दूध बेचेपछि हातमा पैसा परिहने, अर्काको अधीनमा काम गर्नु परेन, आनन्दको पेसा रहेछ हामी महिलालाई घरधन्दासँगै सबै काम एकै पटक सकिन्छ,’ उनले भने ।

पछिल्लो समय पाल्पामा महिलाहरु आफ्नै नाममा व्यवसाय दर्ता गरेर आयआर्जनतिर अगाडि बढेका छन् । व्यवसायमा आबद्ध भएपछि अहिले उनीहरुको दैनिकी बदलिएको छ । बिहानसाँझ घरको कामधन्दा सकाएर दिनभर फुर्सदमा बस्ने महिलालाई समयको सदुपयोग सँगै आयआर्जनको गतिलो माध्यम बनेको छ । महिला परनिर्भरता कम हुदै गएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स