३ महिनामा पौन ५ अर्बको तरकारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४ अर्ब ७२ करोड ५९ लाख रुपैयाँको तरकारी आयात भएको छ । ३ महिनामा करिब ५ अर्ब रुपैयाँको तरकारी आयात भएपनि गत आर्थिक वर्षको भन्दा सो आयात साढे ११ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षमा ५ अर्ब ३३ करोड रुपैयाँको तरकारी आयात भएको थियो । गत आर्थिक वर्षभरिमा १६ अर्ब ९६ करोड रुपैयाँको तरकारी आयात भएको यो आर्थिक वर्षमा तीन महिनामै पौने ५ अर्बको तरकारी आयात भइसकेको छ ।

नेपाल कृषि प्रधान देश भए पनि तरकारी जस्तो छिट्टै बिग्रने वस्तु, जुन वस्तु नेपालमै उत्पादन गर्न सकिन्छ, त्यस्तो वस्तुमा मासिक रुपमै अर्बभन्दा बढी रकम बाहिरिएको छ । देशभित्र उत्पादन भएका वस्तुले भने बजार पाउन सकिरहेका छैनन् । विदेशबाट आयातित तरकारीले बजार ओगट्दा नेपालमा उत्पादन भएको तरकारीले बजार नपाएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स