घाम पावरले भदौ ३१ गते एक दिने कार्यशाला गोष्ठी ‘डिजी कृषि’ आयोजना गर्ने

काठमाडौं । सन् २०१०, मा स्थापना भएको घाम पावर नेपाल एक सामाजिक उद्दम कम्पनी हो । ग्रामीण भेगमा जहाँ ग्रिडबाट बिजुली पुगेको छैन त्यहाँ सौर्य उर्जा मार्फत् जीवनमा उज्यालो छर्दै आइरहेको छ । सन् २०१५ मा तराईका ग्रामिण किसानहरूलाई भरपर्दो सिंचाइ प्रदान गरि उत्पादन र आम्दानी दोब्बर कसरी बढाउन सकिन्छ भनेर घाम पावरले वातावरण मैत्री सौर्य सिंचाइ प्रणालीमा काम गर्दै आइरहेको छ ।

सौर्य सिंचाइ प्रणाली सँगसँगै व्यक्तिगत कृषि सल्लाह र परामर्श पनि प्रदान गर्दै आइरहेको छ । त्यसै गरि सन् २०२२ देखि मोबाइल एप ( ‘सुपर कृषक’ मार्फत् कसरी व्यक्तिगत डिजिटल कृषि सल्लाह दिन सकिन्छ भनेर अनुसन्धान गरिरहेको छ ।

डिजिटल कृषिमा काम गर्ने संघ संस्था एवंम् सरोकारवालाहरू सँग यहि भदौ ३१ गते शुक्रबार एक दिनको कार्यशाला गोष्ठी डिजी कृषि आयोजना गर्न लागिरहेको छ । यस गोष्ठीको प्रमुख उद्देश्य भनेको डिजिटल कृषिमा काम गर्दै आएका सरोकारवालाहरू ( सरकारी अधिकारीहरु, निजी कृषि कम्पनीहरु, विश्वविद्यालयका प्राध्यापकहरू, अनुसन्धान विशेषज्ञ, कृषि तथा इन्जिनियरिङ् विद्यार्थीहरू र किसानहरू लाई एक ठाउँमा लिएर आइ नेपालमा डिजिटल कृषिको अवस्था, चुनौती र अवसरहरूको बारेमा छलफल गर्नु हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स