देशभर ६० प्रतिशत रोपाइँ सम्पन्न

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ ।२ ०७९ सालमा देशका अधिंकाश स्थानमा धान रोपेर सकिएको छ । खेतभरी हरियाली धान लहलह भइरहेका छन् ।

गत वर्ष असारमा ६८ प्रतिशत रोपाइँ भएकामा यसवर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

रोपाइँको तथ्याङ्क प्रदेशसँगको समन्वयमा तयार गरिएकोे हो । गत वर्षको तुलनामा करिब आठ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको देखिएको छ । विशेषगरी प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिला भएका कारण रोपाइँ कम भएको हो ।

मनसुन सुरु हुनासाथ यही साउन दोस्रो सातासम्म सामान्य हिसाबले ती प्रदेशमा रोपाइँ हुने मन्त्रालयले जनाएको छ । रोपाइँमा मलको अभाव भएकाले उत्पादनमा त्यसको केही असर पर्ने देखिएको छ । हालसम्म मन्त्रालयले विगत वर्षमा जस्तै लगभग शतप्रतिशत रोपाइँ हुने अनुमान गरेको छ ।

धान रोपाइको प्रदेशगत तलाना गर्ने हो भने सुदुर पश्चिम प्रदेशमा सबैभन्दा धेरै धान रोपिएको छ । सुदुरपश्चिममा ८७ प्रतिशत भुगोलमा धान रोपाई भएको छ भने लुम्विनी र गण्डकिमा क्रमश ७९ र ७५ प्रतिशत धान खेति गरिएको छ । सुदुर पश्चिममा १७८१६७ हेक्टर धान खेती भएको छ भने १००३१० हेक्टर लुम्विनी प्रदेशमा भएको छ । नेपालमा सबैभन्दा थोरै मधेश प्रदेशमा धान खेती गरिएको छ । मधेशमा जम्मा ३९ प्रतिशत धान खेती गरिएको छ जुन हेक्टरमा ४०५४५० हुन्छ । प्रदेश १ र कर्णाली धान खेती हुने सान्तोषजनक रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स