काठमाडौं । किसानहरुले मुख्य बाली लगाउने समयमा देशैभरी मलको हाहाकार भएको भन्दै आन्दोलनको कार्यक्रम तय गरेको छ ।
शुक्रबार अखिल नेपाल संघले पत्रकार सम्मेलन गर्दे मल ल्याउन नसक्नु सरकारको नालाएकी पन भएको र जबजब खेतीपाती लगाउने बेला हुन्छ तबतब किसान मलका लागि भौतारिनु पर्ने अवस्था हुन्छ भन्दै संघले विज्ञप्ति निकालेको हो ।
५ देखी ७ लाख मेट्रिक टनको आवश्यक रहेको मुलुकमा सरकारले जम्मा एक लाख ५० मेट्रिक टनको सम्झौता गरेको भन्दै संघले गुनासो गरेको छ । नेपालको कृषि क्षेत्रको समस्या जस्तै जमिनको असमान वितरण ,जमिनको अधिक खण्डिकरण ,निर्वाहमुखी खेती प्रणाली, न्यून उत्पादकत्व ,सिचाई सुविधाको अभाव , पछ्यौटे र परम्परागत प्रविधिमा आधारित श्रम प्रधान कृषि प्रणाली, वालीको सधनता र विविधिकरणमा कमी , व्यवसायिकरणको संगठित प्रयासको कमि आदि समस्यालाई राज्यले उपयुक्त कृषि नीति लिनु पर्दछ भन्दै आएको छ ।
रासायनीक मलको आपूर्तिमा भएकोे चरम अभाव र किसान र कृषिक्षेत्रसँग सम्वन्धित उपरोक्त विषयहरु समेत महासंघले अगाडि सारेका किसान हकहित र अधिकार तथा कृषि क्षेत्रको रुपान्तरणसँग सम्वन्धित ११९ सुत्रिय मागहरु अभिलम्ब पूरा गर्न अखिल नेपाल किसान महासँगले माग गरेको छ ।
माग पूरा नभएमा महासंघले देश भरी किसान परिचालन गर्ने बताएको छ । महासंघले आन्दोलनका कार्यक्रम पनि तिन चरणमा गर्ने बताएको छ ।
पहिलो चरण
१.उपरोक्त मागहरु प्रधानमन्त्री,कृषिमन्त्री,प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीले प्राप्त गर्ने गरी ज्ञापनपत्र बुझाउने ।
२ं मलको चरमअभाव र मूल्यबृद्घिको विषय र यसको प्रभावको बारेमा आम जनतालाई सुसूचित गर्न विभिन्न तहमा पत्रकार सम्मेलन आयोजना गर्ने ।
दोस्रो चरण
१. सबै प्रदेशमा मुख्यमन्त्री कार्यालयमा धर्ना गर्ने साथै जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा घेराउ गर्ने ।
२.बिरोध र्याली र आमसभाहरुको आयोजना गर्ने ।
तेस्रो चरण
१. मल आपूर्ति गर्ने नेपाल सरकारका निकायहरु ः साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामाग्री कम्पनीका डिपोहरुमा तलाबन्दी गर्ने ।
२. स्थानीय समस्याहरु समेत उठाउदै रचनात्मक ढंगले अन्दोलन गर्ने ।