बजेटको केन्द्रमा कृषि

आगामि आर्थिक वर्षको बजेटले कृषि क्षेत्रलाई केन्द्रमा राखेको छ । बढ्दो आयातलाई घटाउन सरकारले कृषिलाई केन्द्रमा राखेको हो । यसकालागि किसानसंग सरकार कार्यक्रम मार्फत किसान निवृत्तिभरण कार्यक्रम समेत बजेटले अगाडि सारेको छ ।

आगामि वर्ष कृषि उत्पादनको राष्टिय वर्षका रुपमा घोषणा गरेर विशेष कार्यक्रम संचालनको घोषणा बजेटले गरेको छ । ग्रामिण अर्थतन्त्रलाई कृषि अर्थतन्त्रको रुपमा जोड्ने सोचका साथ ग्रामिण क्षेत्र कृषि उत्पादन केन्द्रको रुपमा विकास गर्ने सोच बजेटले अगाडि सारेको छ । बजेटले अगाडि सारेको सो सोचले ग्रामिण क्षेत्रमा रहेका बाझा जग्गाहरु समेत कृषि उत्पादनमा प्रयोगमा आउने छन् ।

आत्मनिर्भरताको कृषि उत्पादन कार्यक्रमका लागि १० अर्ब रुपैया बिनियोजन गरीएको छ । कृषि तथा पशुपन्क्षि मन्त्रालयकोलागि ५५ अर्ब ९७ करोड रुपैया बजेट बिनियोजन गरीएको छ । आगामि वर्षमा ३० प्रतिशत कृषि उत्पादन निर्यात घटाउने सोचका साथ कृषिमा सरकार केन्द्रित हुन खोजेको देखिनछ । कृषि उत्पादन बढाउनकोलागि मलको उत्पादन समेत स्वदेशर्म थाल्ने घोषणा बजेटले गरेको छ ।

कृषि कर्जाकोलागि पाच खर्बको लघुवित्त स्थापना गर्ने सोच बजेटले अगाडि सारेको छ । यस्तो कोषमा सरकार र निजि क्षेत्रका बैकहरुले समेत लगानि गर्नेछन् । संम्वत २०७९ लाई कृषि जौविक विविधा वर्षको रुपमा मनाउने सोच बजेटले अगाडि सारेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स