साढे ६ रुपैयाँले बढ्यो दुधको मूल्य

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको मूल्य बढाएको छ । आज बसेको बैठकले दुधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । हाल लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले वृद्धि भएको हो । उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ ।

दूधको मूल्य फ्याट र एसएनएफको आधारमा गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ । कृषि मन्त्रालयले दूधको फ्याट ४ प्रतिशत र एसएनएफ (धृतांश बाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरिएको छ । यो न्यूनतम मात्रा हो ।

दुधमा जति फ्याट र एसएनएफ बढी हुन्छ किसानले त्यतिले बढी मूल्य पाउनेछन् । यदि कसैको दूधमा ४ प्रतिशत फ्याट छ भने त्यसलाई ६.८१ रुपैयाँले गुणन गर्दा २७.२४ रुपैयाँ हुन्छ । त्यस्तै ८ प्रतिशत एसएनएफमा ३.६० रुपैयाँले गुणन गर्दा २८.८ प्रतिशत हुन्छ । फ्याट र एसएनपएफलाई जोडेर ५६.०४ रुपैयाँ कायम गरिएको छ ।

गाईभन्दा बढी फ्याट र एनएफ भैँसीमा हुन्छ । अहिले भएको मूल्यवृद्धिका आधारमा हिसाब गर्ने हो एउटा किसानले भैँसीको दूधको प्रतिलिटर ८४–८५ रुपैयाँ पाउन सक्छन् भने गाई दूधको प्रतिलिटर ६० रुपैयाँ पाउन सक्छन् ।


प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स