चार महिनामा एक करोड ६० लाख राजस्व संकलन

इनरुवा (सुनसरी) । सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले चालु आर्थिक वर्षको चार महिनामा एक करोड ६० लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।

सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण अभियानअन्तर्गत जिल्लाको विभिन्न स्थानबाट एक करोड ६० लाखभन्दा बढी राजस्व संकलन गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार गत साउनमा ४७ लाख ३४ हजार चार सय ६९, भदौमा ६१ लाख पाँच हजार पाँच सय दुई, असोजमा ३२ लाख नौ हजार पाँच सय ३६ र कात्तिकको हालसम्म १९ लाख ५३ हजार छ सय ३७ राजस्व संकलन भएको हो ।

सीमा क्षेत्रमा हुने चोरीतस्करी नियन्त्रणका क्रममा विभिन्न किसिमका भन्सार छलीका सामग्री पक्राउ गरेर भन्सार कार्यालयमा बुझाउँदा सो बराबरको राजस्व संकलन भएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए । उनका अनुसार सशस्त्र प्रहरी बल ४ नम्बर गण मातहत सुरक्षा पोष्ट र बिओपीबाट राजस्व संकलन हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स