यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज बिहीबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य यथावत छ ।

अस्ट्रेलियन डलर, युरो, कुबेती दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ भने पाउन्डसहितका केही मुद्रा सस्तिएका छन् ।

नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०४ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा थियो।

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १२ र बिक्रीदर एक सय ७४ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २५ र बिक्रीदर एक सय ७५ रुपैयाँ ०३ पैसा थियो।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३० पैसा र बिक्रीदर ८८ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा थियो।

कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७९ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ५६ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा कायम भएको छ। हिजोपनि बहराइन दिनार यही मूल्यमा कारोबार भएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स