काठमाडौं । लक्ष्मी पुजामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरपुर विद्युत दिने भएका छन् । कुनै स्थानमा बिग्रने अवस्था रहमा पनि बनाउने व्यक्तिलाई तैनाथ राख्ने भएका हुन् ।
जस अनुसार काठमाडौं उपत्यका बसोबास गर्नेले उज्यालोमा झिलिमिलिको उपयोग गर्दै दिपावली मनाउन पाउने भएका छन् । जसकारण उपत्यकाबासी लाई भोलि खुसिको विषय बनेको छ ।
उपत्यकामा अहिले यसै पनि लोडसेडिङ छैन । उपत्यका बाहिर पनि पनि लोडसेडिङ भन्नको लागि छैन । तर अघोषित रुपमा कायम नै रहेको छ । कुन बेला बत्ति जान्छ र कुन बेला आउँदा पत्तो हुँदैन । हरेक दिन दुई तीन घण्टा विद्युत कटौति अनिवार्य भैरहेको छ ।
दिपावलीमा समेत उपत्यका बाहिरलाई विभेद गरिएको छ ।
उपत्यकामा सबैतिर बत्ति नजाओस् भनेर कर्मचारीहरु तैनाथ अवस्थामा राखिएको छ । तर उपत्यबाहिर भने जेसुकै होस् भन्ने मनासयामा उनी देखिन्छन् ।
हुन त घिसिङको राइजिङ पनि त्यहिबाट नै भएको हो । उनी पहिलो कार्यकाल कार्यकारी निर्देशक हुने बित्तिकै काठमाडौंबाट नै लोडसेडिङ सकिएको घोषणा गरेका थिए।
उनले काठमाडौंमै सबै भन्दाठूलो विरोध हुने यहि स्थानको समस्या समाधान गर्नु पहिलो दायित्व ठानेका घिसिङले यो वर्ष पनि काठमाडौं उपत्यकालाई प्राथमिकता राखेर दिपावलीको तयारी गरेका हुन् ।