चार कम्पनीमा सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबार, नेप्से परिसूचक १४.४३ अंकले घटेर २६७७.६२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २० लाख ६९ हजार कित्ता सेयर ५ अर्ब ९५ करोड ३९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, गुराँस लघुवित्त, मिड सोलु हाइड्रोपावरमा १०%, अप्पर स्याँगे हाइड्रोपावरमा ९.९९%, कुथेली शुखेरी हाइड्रोपावरमा ९.९८ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

सानिमा जिआईसी इन्स्योरेन्सको ९.९२%, एक्सेल डेभलपमेन्ट बैंकको ९.९२%, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५.६५%, बलेफी हाइड्रोपावरको ५.४६%, सोल्टी होटलको ५.०४%, एनआईसी एसिया फलेक्सी क्याप फण्डको ४.६६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स