अबदेखि अनलाईनबाटै राहदानीका लागि आवेदन दिन सकिने

काठमाडौं । अबदेखि अनलाईनबाटै राहदानीका लागि आवेदन दिन सकिने भएको छ । राहदानी विभागले बुधबार विद्युतीय राहदानी (इ-पासपोर्ट) सार्वजनिक गर्दै उक्त सेवा थप गरेको हो ।

विभागले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्तारै प्रतिस्थापन गर्दै इ-पासपोर्ट सेवाको सुभारम्भ गरेको हो ।

विभागले आज त्रिपुरेश्वरस्थीत विभाग परिसरमा शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो साधारण इ-पासपोर्ट दिँदै सेवाको सुरुवात गरेको हो । विभागले केही समयपछि प्रतिघण्टा एक हजार प्रति इ-पासपोर्ट निकाल्न सक्ने भन्दै अब घन्टौं लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

अब ग्राहकहरुले समय र मिति तोकर विभाग आएको १५ मिनेटभित्र इ-पासपोर्ट आफ्नो हातमा प्राप्त गर्न सक्ने छन् ।

एमआरपी बनाउन जस्तै ई-पासपोर्ट बनाउन पनि उतिनै शुल्क लाग्ने विभागले जनाएको छ। विभागको वेबसाइटअनुसार नयाँ पासपोर्ट बनाउन वा पुरानो नवीकरणका लागि कति दिन भित्र बनाउने हो त्यो अनुसार शुल्क तोकिएको छ।

तीन दिनमा राहदानी लिनका लागि विभागले १० हजार रुपैयाँ तोकेको छ भने दुई दिनमा राहदानी लिनका लागि १२ हजार र एक दिनमा राहदानी लिनका लागि १५ हजार रुपैयाँ लाग्ने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स