काठमाडौं । बुधबार छापावाल सुनको मूल्य २२ सय रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज २ हजार २ सय रूपैयाँले बढेर १ लाख ७० हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार १०५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर २ हजार १२० रूपैयाँ कायम भएको छ ।