काठमाडौं । आज सेयरबजार उत्साहजनक देखिएको छ । आइतबार, सोमबार कारोबार र नेप्से परिसूचकमा राम्रो वृद्धि भएकोमा मंगलबार समेत त्यसले निरन्तरता पाएको हो ।
मंगलबार ४५.२३ अंकले बढेर २६९०.५९ अंक विन्दुमा आइपुगेको छ । आज १ करोड ३२ लाख ६४ हजार कित्ता सेयर ६ अर्ब ६ करोड रुपैयाँबराबरको खरिद बिक्री भएको छ ।
आज सकरात्मक सर्किट लाग्नेमा सप्तकोशी विकास बैंक रहेको छ । जसको ५७ अंकले वृद्धि भएको छ । सानिमा जीआईसी इन्स्योरेन्स ६४ अंकले वृद्धि भएको छ । भने कुठेली बुखरी सानो जलविद्युत कम्पनीको २ सय ३५ अंकले वृद्धि भएको हो । यी तीन कम्पनीको १० प्रतिशतले नै वृद्धि भएको छ ।
यी हुन अन्य धेरै कमाउने कम्पनी