काठमाडौं । सीईडीबी हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ९ करोड ७ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा २०२.२८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको सेवा शुल्क, ब्याज र अन्य आम्दानी १४५.९२ प्रतिशतले वृद्धि भएको छ । गत आवमा ४ करोड ९ लाख ८१ हजार रुपैयाँ यस्तो आम्दानी गरेको कम्पनीको चालु आवमा बढेर १० करोड ७ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २३.२१ प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख ३७ हजार रुपैयाँ पुगेको छ । जगेडा कोष र संचित मुनाफा ५३ करोड ६३ लाख रुपैयाँबाट घटेर ४८ करोड ६० लाख रुपैयाँमा झरेको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २०.८ रुपैयाँले बढेर ३५.११ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६.९ रुपैयाँले घटेर १४७ रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात ५०.९८ गुणा रहेको छ ।