खुल्ला बजारबाट कोरियाको टिकट काट्न माग, फेरि सिण्डिकेटकै बाटोमा ईपीएस शाखा !

काठमाडौं । नेपालबाट कोरिया भाषा तथा सीप परिक्षण पास गरेर कामदारको रुपमा कोरिया जानेको लागि तोकिएको स्थानबाटै हवाई टिकट काट्नुपर्ने बाध्यता छ । वैदेशिक रोजगार विभागको ईपीएस शाखाले तोकेको ट्राभल कम्पनीबाट टिकटक काटेर कोरिया जानुपर्ने बाध्यात्मक व्यवस्था छ ।

पहिलो पकट कोरिया जानेको लागि अहिलेसोहि प्रक्रिया अपनाउँदै आइएको छ ।
तर खुल्ला बजारमा टिकट काट्न पाउनुपर्ने माग अहिले उठेको छ ।

कोरियन एयरलाइन्सको टिकट अनिवार्य खरिद गर्नुपर्ने र उक्त टिकट युनिभर्सल ट्राभल्सबाट लिनुपर्ने बाध्यता छ ।
तर यस विरुद्धमा अदालतमा रिट नै दायर भैसकको छ ।

खुला बजारबाट टिकट खरिद गरी कोरिया जान रोक लगाउने व्यवस्थालाई हटाउन माग भएको छ । तर ईपीएस शाखाले भने त्यसमा व्यवस्थित र सस्तो गराउन सम्झौता गर्नुपरेको बताउँदै आएको छ ।

तर रिटमा भने कुनै कम्पनीसँग भएकोे बदर गर्न माग गरिएको छ ।

यस्तो माग भैरहँदा पीईएस शाखाले पुन सोहि प्रक्रियालाई निरन्तारता दिदै टिकटखरिदको लागि टेण्डर आब्हान गरेको छ ।
आज जारी भएको सूचनामा

इजाजत प्राप्त इच्छुक कम्पनीले बोलपत्र फाराममा उल्लेखित सूचना प्रकाशित भएको मितिले ३१ औँ दिनभित्र आवेदन पेश गर्न भनिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स