तीन महिनामा निर्जीवन बीमा कम्पनीको ११ अर्बको व्यवसाय, कुन कम्पनीको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुले राम्रो व्यवसाय गरेका छन् । तीन महिना अवधीमा ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँको व्यवसाय गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

अघिल्लो वर्षको यहि अवधीको तुलना गर्दा केहि कम्पनीको बढेको छ भने केहि कम्पनीको गिरावट समेत भएको देखिएको छ । तर समग्र अवस्था हेर्दा निर्जीवन बीमा कम्पनीको व्यवसाय सन्तोषजनक नै रहेको देखिएको छ ।

यहि अवधीमा भएको बाढी पहिरोको कारणले गर्दा धेरै निर्जीवन बीमा कम्पनीमा दावी भुक्तानी समेत माग भैरहेको अवस्था छ ।

तीन महिना अवधीमा कम्पनीगत व्यवसाय यस्तो छ –
सगरमाथा लुम्बिनी १ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ

सिद्धार्थ प्रिमियर १ अर्ब १७ करोड रुपैयाँ

शिखर इन्स्योरेन्स १ अर्ब १२ करोड रुपैयाँ

हिमालयन एभरेष्टले ९१ करोड रुपैयाँ

आइजिआई प्रुडेन्सियलले ९० करोड रुपैयाँ

नेको इन्स्योरेन्सले ८९ करोड रुपैयाँ

दि ओरिएन्टलले ८३ करोड रुपैयाँ

एनएलजी इन्स्योरेन्स ७५ करोड रुपैयाँ

युनाइटेड अजोड ६८ करोड रुपैयाँ

नेपाल इन्स्योरेन्सले ६१ करोड रुपैयाँ

सानिमा जिआईसी रुपैयाँ ५८ करोड

राष्ट्रिय बीमा कम्पनी ५७ करोड रुपैयाँ

प्रभु इन्स्योरेन्स रुपैयाँ ४७ करोड रुपैयाँ

नेशनल इन्स्योरेन्स ४१ करोड रुपैयाँ

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स