समता घरेलु लघुवित्तको एफपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओमा पहिलो दिन मागभन्दा बढी आवेदन परेको छ । कम्पनीको एफपीओमा पहिलो दिनमै मागभन्दा ११.९४ गुणा बढी आवेदन परेको सीडीएस एन्ड क्लियरिङले जनाएको हो ।

कम्पनीको एफपीओमा आज साँझ ५ः१० बजेसम्ममा ४१ करोड ९० लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

जसमा २ लाख ६० हजार ४५४ जना आवेदकहरुले ४१ लाख ९० हजार ७५० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले आज कार्तिक १२ गतेबाट एफपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्काशन गरेको हो।

साविकको मनकामना स्मार्ट लघुवित्त मर्ज भई बनेको संस्थाको कुल चुक्तापुँजीमा पुँजी संरचना अनुपात ६९.४८ः३०.५२ कायम हुनेगरी नपुग सेयर रकम बराबरको एफपीओ निष्काशन गरेको हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको एफपीओको कात्तिक २० गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले संस्थालाई ‘इक्रा आईआरबीबी’ रेटिङ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स