साढे ५ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजार दोहोरो अंकले बढेको छ ।

सोमबार, नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४ लाख १८ हजार कित्ता सेयर ५ अर्ब ३४ करोड ४८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१३ वटा कम्पनीको सेयर मूल्य बढ्दा २८ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३३ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, समृद्वि फाइनान्सको २४ करोड ७६ लाख, एलआईसी नेपालको १९ करोड ८३ लाख, जानकी फाइनान्सको १६ करोड ६४ लाख, पिपल्स् हाइड्रोपावरको १५ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स