आज यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार पनि लगातार दोहोरो अंकले बढेको छ । आज नेप्से १६.९५ अंकले बढेर २८०१.५२ विन्दुमा पुगेको छ । तर नेप्से आज बढेर २८२४ अंकसम्म पुगेता पनि कारोबारको अन्तिम समयतिर करिब २३ अंकले घटेको हो ।

सेन्सेटिभ इन्डेक्स ३.९८ अंकले बढेर ५२५.४४ विन्दुमा पुगेको छ ।

आज बुधबार २२४ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ९४ कम्पनीको सेयर मूल्य बढ्दा ८८ कम्पनीको सेयर मूल्य घटेको छ ।आज १ करोड १९लाख ४३ हजार८५८ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८१९ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ७७ हजार ५१८ पटक सेयर खरिद बिक्री भएको छ ।

सेयर मूल्य बढेका उत्कृष्ट पाँच कम्पनीको क्रमैसंगको विवरण तलको तालिकामा छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स