मुनलाईट हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रूपैयाँ अंकित दरका.१ अर्ब ७६ करोड १० लाख ५ हजार रकम बराबरको १ करोड ७६ लाख १० हजार ५० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धककोृ रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सनराइजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका छन् ।

मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपािलकामा रहेका २२.१४ मेगावाट क्षमताको बलेफी—ए जलबिद्युत आयोजना निर्माणाधिन गरी हाल ७० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स