जून जस्तो सुन्दर मुहार

जून जस्तो सुन्दर मुहार छोपेकी हौ किन
खोल्दिए त घुम्टी तिम्ले हेर्थेँ एकै छिन।।

सुकुमार जीउडाल देख्दा लोभियो नि आँखा
हुन्छ मात्र भनिदिए राख्थे तिम्लाई काख
कसको भाग्य लेख्या होला जीवन तिम्रो पाउन
कस्तो क्षणमा भेट भइयो झल्को मात्रै लाउने
हिड्या भए हुन्थ्यो तिमी बाटो कुर्‍या किन
लाजको सप्को खोल्दिए त हेर्थेँ एकै छिन।।

एक हातमा फूल प्रसाद अर्को हातमा थाली
यति सुन्दर मायालुको सिउँदो भने खाली
तिम्ले पनि ,लाई हेरी नजिक भए जस्तो
ईशारा नै बुझिन कि भाथ्यो कस्तो कस्तो
म नि ढिलै आउनुपर्थ्यो छिट्टै आइछु किन
खोल्दिए त दिल तिम्ले हेर्थेँ एकै छिन।।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स