राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ पदका लागि ४ जनाको आवेदन

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ४ जनाको आवेदन परेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदपूर्ति समितिले असोज १६ गते सीईओको आवेदन माग गर्दै एक सूचना जारी गरेको थियो । उक्त सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिनुपर्ने प्रावधान रहेको थियो ।

आवेदन दिने अन्तिम मिति कार्तिक ६ गतेसम्ममा ृउक्त पदका लागि जम्मा ४ जनाको मात्रै आवेदन परेको हो।

सीईओका लागि आवेदन दिनेहरूमा महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठ रहेका छन् ।

महेश रिमाल हाल राष्ट्रिय जीवन बीमा कम्पनीको कार्यवाहक सीईओ हुन् । २०८० कार्तिकमा तत्कालीन बीमा संस्थान कम्पनीमा परिणत भएसँगै रिमालले कार्यवाहक सीईओको भूमिका निर्वाह गर्दै आएका छन् ।

सुवास कोइराला राष्ट्रिय जीवन बीमा कम्पनीको बीमा विज्ञको रूपमा काम गरिसकेका छन्। उनी म्यानेजमेन्ट एशोसिएसन अफ नेपाल (म्यान)का कार्यकारी निर्देशकसमेत हुन् ।

बुद्धकाजी श्रेष्ठ तत्कालीन लुम्बिनी जनरल ईन्स्योरेन्सको उच्च व्यवस्थापक तहका कर्मचारी हुन् । हाल उनी सर्भेअर पेशामा आवद्ध छन् । उनीसँग बीमा क्षेत्रको २ दशक बढीको अनुभव रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स